वन्यजन्तुको छालासहित आठ जना पक्राउ

बाघ र रेण्ड पाण्डाको छालासहित आठ जना पक्राउ परेका छन्। 

वन्यजन्तु ओसारपसार गरिरहेको गोप्य सुचनाका आधार शनिबार बिहान ३ बजे दैलेखबाट उनीहरुलाई पक्राउ गरिएको हो।  पक्राउ पर्नेमा दैलख नौमूले गाउँपालिका वडानंं–३ का ५१ बर्षिय धन बहादुर मगर, २२ बर्षिय दल बहादुर खत्री, सोही गाउँपालिका–१ का ३३ बर्षिय कविराम अधिकारी, वडानं– ४ का १९ बर्षिय गाडीको चालक रोशन बस्नेत, वडानं –२ का ३३ बर्षिय धन बहादुर पुरी,४५ बर्षिय हस्त बहादुर थापा र दैलेख भगवतीमाई गाउँपालिका वडा–१ का २७ बर्षिय गोबिन्द थापा र सोही गाउँपालिका वडानं २ का  ५६ बर्षिय धन बहादुर रावत रहेका छन्। 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्युरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले रेड पाण्डा र बाघको छालासहित आठ जनालाई पक्राउ गरेको निरिक्षक इन्द्रजीत सुनारले जानकारी दिए। उनीहरुको साथबाट रातो कालो रङको रेडपाण्डाको छाला र चितुवाको जस्तो देखिने छाला बरामत गरिएको प्रहरीले जनाएको छ। 

यस्तै, रेडपाण्डाको जस्तो देखिने ३ फिट लम्बाई १ फिट ६ ईन्च गोलाई भएको छाला र ३ फिट १ ईन्च गोलाई भएको रेडपाण्डाको जस्तो देखिने सिलाएको छाला बरामत गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

नौमु्ले गाउँपालिका सँग सिमाना जोडिएको जाजकोट क्षेत्र रेण्डपाण्डाको लागि संरक्षित क्षेत्र हो । जाजरकोट जिल्लामा रेण्डपाण्डाको अवैध वन्यजन्तु ओसारपसार गर्ने व्याक्ति पक्राउ पर्ने थालेपछि तस्करले दैलेखलाई सुरक्षित मान्दै आएका थिए । 
 
 

प्रकाशित मिति: : 2021-03-27 17:56:00

प्रतिकृया दिनुहोस्