कतार एयरलायन्सले बोक्यो कोरोना संक्रमित यात्रु

साउदीबाट कतार हुँदै नेपाल आएका एक जना नागरिकमा कोरोना देखिएको छ।

कतार एयरलायन्सको विमानबाट कतारको राजधानी दोहा हुँदै काठमाडौं आएका एक पुरुषमा कोरोना देखिएको हो। उनको कोरोना परिक्षण रिपोर्टमै पोजेटिभ छ। 

उनी शनिबार साँझ ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुगेका हुन्। उनको कोरोना रिपोर्टमा साउदीको अल अरब मेडिकल ल्याब्रोटिजले पोजिटिभ भएको प्रमाणित गरेको छ। रिपोर्ट अनुसार उनले यहीँ मार्च २५ तारिखमा पिसिआर परिक्षण गराएका थिए। 

यो विषयले कोरोना महामारीको संकट चलिरहेको बेला अन्तराष्ट्रिय स्वास्थ्य सुरक्षा निकायहरुलाई प्रश्न तेर्स्याएको छ। अन्तराष्ट्रिय स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार कोरोना रिर्पोट पोजिटिभ भएका व्यक्तिलाई यात्रा गर्न प्रतिबन्ध लगाईएको छ। तर उनी भने कोरोना पोजिटिभ रिर्पोट बोकेर साउदीबाट कतार हुँदै नेपाल आईपुगेका हुन्।

रिर्पोटमा उल्लेख भएअनुसार उनको कोरोना परिक्षण नम्बर ५६६५५९ हो। अहिले उनलाई त्रिभुवनमा विमान स्थलमा रहेको हेल्थ डेस्कमा राखिएको छ। 

प्रकाशित मिति: : 2021-03-27 20:46:00

प्रतिकृया दिनुहोस्