जसपाको परीक्षा र मुलुकको पर्खाइ

यतिबेला मुलुकको राजनीति 'शून्य'मा अड्किएको छ। यो 'भ्याकुम' कसरी कहिले टुंगिन्छ, अड्कल लगाउन कठिन छ।

पार्टीको आन्तरिक झगडाको झोंकमा पुस ५ मा प्रधानमन्‍त्री केपी ओलीले संसद विघटन गरेदेखि नै मुलुकमा एक प्रकारको 'राजनीतिक भ्याकुम' सुरु भएको थियो।

संसद्‌को पुनर्स्थापनापछि राजनीति 'नियमित लिक'मा अघि बढ्ने एउटा अपेक्षा थियो, त्यो हुन सकेन। सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको एक महिना वितिसक्दा पनि  राजनीतिक संक्रमण उस्तै छ।

संसदमा न वैकल्पिक सरकार निर्माणका लागि गठबन्धन तयार हुन सकेको छ न त प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारको निरन्तरता सुनिश्‍चित भइसकेको छ। पुनर्स्थापित संसद बिजनेसबिहिन मात्र होइन, सत्ताको उपेक्षा सामना गर्दै निरीह देखिएको छ।

संसद् पुनर्स्थापना गर्ने फागुन ११ को फैसलापछि मुभ हुने आसा गरिएको मुलुकको राजनीति  सर्वोच्चको पछिल्लो फैसलापछि फेरि 'शून्य' मै ठप्प छ। 

प्रकाशित मिति: : 2021-03-28 13:36:00

प्रतिकृया दिनुहोस्