चीनको गरिमालाई रक्षा गर्न पर्याप्त इच्छाशक्ति र सैन्य क्षमता छः प्रवक्ता हुआ 

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङ्गले ताइवानको विषय निश्चित जाति, धर्म वा मानवअधिकारको नभएको बताएकी छन्।

उनले यो विषय बिसुद्ध रुपमा बिखन्डनबादी र हिंसाको बिषय भएको बताइन्।

नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चुन्यिङ्गले ताइवानलाई अमेरिकाले झुटो सपना देखाएर लोभ्याएको बताइन्।

उनले भनिन्, 'अमेरिकाले सिर्जना गरेको झुट र नाटक निकट भविष्यमा समाप्त हुन्छ। विश्वलाई गलत जानकारी दिएर अन्यौलमा राखेर अमेरिकाले अपराध गरेको छ।'

पत्रकार सम्मेलनमा प्रवक्ता चुन्यिङ्गले सन् २०१८ मा तत्कालिन अमेरिकी विदेश मन्त्री कोलिन लूथर पॉवेलको कार्यालय प्रमुख तथा पूर्व थल–सेनाका कर्नेल लरेन्स विल्करसनले चीनमा अशान्ति मच्चाउन ताइवानका जनतालाई उत्तेजित गर्नुपर्ने र त्यो जिम्मेवारी सीआ एलाई दिइएको छ भनेको भिडियो समेत प्रदर्शन गरेकी थिइन्।

पत्रकार सम्मेलनमा प्रवक्ता चुन्यिङ्गले भीन आजको दिनमा इराक र सिरिया जस्तो कमजोर राष्ट्र नभएको बताइन्।

उनले भनिन्, 'चीनसँग राष्ट्रिय सुरक्षा र देशको गरिमालाई रक्षा गर्न पर्याप्त दृढ़संकल्प, इच्छाशक्ति र सैन्य क्षमता छ। अमेरिकाले गरेको नाटक समाप्त हुने समय आइसक्यो।'

प्रकाशित मिति: : 2021-03-28 18:21:00

प्रतिकृया दिनुहोस्