थाई प्रधानमन्त्री भन्छन्- 'बर्मेली शरणार्थीको लागि व्यवस्था गर्दैछौ'

Photo : wionews.com
Photo : wionews.com

थाईल्यान्डका प्रधानमन्त्री प्रयुथ चान-ओचाले बर्माबाट आगमन हुनसक्ने शरणार्थीका लागि खाना र वासस्थानको व्यवस्था भईरहेको बताएका छन्। 

उनले भनेका छन्, 'हामी शरणार्थी त चाहदैनौँ, तर मानव हुनुको नाताले कोहि शरण खोज्दै आएमा उनिहरुलाई सक्दो सहयोग गर्नेछौँ।'

उनले सोमबार मिडियासँग कुराकानी गर्दै आफ्नो सरकारले बर्मेली शरणार्थीहरुको व्यवस्थापनको लागि पहल गरिहहेको जानकारी दिएका हुन्। 

उनले थपे, 'हामीले आउन सक्ने शरणार्थीका लागि चाँजोपाँजो मिलाउँदै छौ, तर उनीहरुको संख्या एकिन हुन नसक्दा कठिन भईरहेको छ।' 

प्रकाशित मिति: : 2021-03-29 13:30:00

प्रतिकृया दिनुहोस्