प्रसिद्ध भारतीय बैज्ञानिक सोनाम वाङचुक नेपालमा

Photo : Sonam Twitter
Photo : Sonam Twitter

प्रसिद्ध भारतीय बैज्ञानिक सोनाम वाङचुक नेपाल आएका छन्। उनी सोमबार नेपाल आईपुगेका हुन्।

स्रोतका अनुसार उनले नेपालको राष्ट्रिय आविष्कार केन्द्र सँग सहकार्य गर्ने बुझिएको छ। राष्ट्रिय आविष्कार केन्दका संस्थापक महाबिर पुनले आज सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, 'आज राष्ट्रिय आविष्कार केन्द्रमा लद्दाख भारतबाट प्रख्यात बैज्ञानिक सोनाम वाङचुक आऊनु भयो। अब उहाँ संग सहकार्य गरिन्छ।'

बैज्ञानिक सोनाम वाङचुकको जीवनीमा आधिरित रहेर बलिउडमा चलचित्र 'थ्री ईडीयट' समेत निर्माण भएको छ। जसको मुख्य भुमिका अभिनेता अमिर खानले निभाएका छन्। 

प्रकाशित मिति: : 2021-03-29 23:01:00

प्रतिकृया दिनुहोस्