अझै ३ दिनसम्म वायुमण्डलको समस्या नहट्ने

अझै तीन दिनसम्म वायुमण्डल समस्या स्थिर अवस्थामा रहिरहने भएको छ। 

जल तथा मौसम विभागले आगामी तीन दिनसम्म अझै तुवाँलो नहट्ने जानकारी दिएको छ। चैत १३ गतेदेखि देशका विभिन्न स्थानमा असामान्य प्रकारको तुवाँलो लागिरहेको छ। 

देशका विभिन्न जिल्लामा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था सिर्जना भएको विभागको निष्कर्ष  छ।

\विभागले यस्तो अवस्थामा खानेपानीको अभाव, आगलागी तथा डढेलो जस्ता समस्याहरु हुन सक्ने विषयमा ध्यानाकर्षण समेत गराएको छ।

साथै सर्वसाधारणलाई स्वास्थ्यको ख्याल राख्न र सावधानी अपनाउनपनि आग्रह गरेको छ। 

प्रकाशित मिति: : 2021-03-30 06:37:00

प्रतिकृया दिनुहोस्