जसले फेरि उभ्याए भूकम्पले धुलिसात पारेको दरबार स्क्वायर

देशसञ्चार

काठमाडाै‌ं

गिरीश गिरी

उनी पाटनका गल्लीहरुमा हिँडिरहेका भेटिन्छन्। संकोच मान्ने स्वभाव छ। त्यसैले हत्तपत्त बोल्दैनन्। तीखा नजरले भने वरपरका दृश्यको गहिरो अवलोकन गरिरहेकै हुन्छ।

रोहित रञ्जितकार बाहिर धेरै देखिने–सुनिनेभन्दा पनि भित्रभित्रै चुपचाप काम गरेर देखाउने मानिसको नाम हो।

गतसाता पाटन दरबार स्क्वायरकै कुनामा रहेको एउटा लोकल चियापसलमा मैले उनको साथ दुध हालेको चियासँगै सम्पदा संरक्षणका स्वादहरु अनुभव गर्ने मौका पाएँ।

यो त्यही परिसर थियो, जहाँ ७२ सालको महाभुकम्पले विश्व सम्पदा सूची भित्र परेका भब्य स्मारकहरुलाई एकछिनको एकछिनमै धुलिसात पारेर भुइँभरि रछ्यानको थुप्रोजस्तो बनाइदिएको थियो।

आज पाँच वर्षपछि त्यही दरबार स्क्वायरमा पुग्दा यो ठाउँमा भुइँचालोले त्यसरी ताण्डब मच्चाएको थियो भनेर पत्याउन पनि मुश्किल पर्छ।

भत्किएका सबै संरचनाहरु यथावत उभिइसकेका छन्। टुक्रा टुक्रा परेका हाम्रा सम्पदाका एक एक हिस्साहरु फेरि जोडिएर आ–आफ्ना स्थानमा जडान गरिसकिएका छन्।

प्रकाशित मिति: : 2021-03-30 15:21:00

प्रतिकृया दिनुहोस्