जरिन खान भन्छिन्- 'बोल्ड सिन् दिन सक्नुमा गर्व छ' 

Photo : Zarine Instagram
Photo : Zarine Instagram

बलिउड अभिनेत्री जरिन खानले आफुलाई चलचित्रमा डेब्यु गर्दा अधिकांश निर्देशकहरुले बिकिनीको दृश्य मागेको खुलाएकी छन्।

एक अन्तर्वातामा कुराकानी गर्दै उनले भनेकी छन्, 'डेब्युका दिनमा कसैले मेरो अभिनय हेर्न चाहेन। बरु शरीर कतिसम्म नाङ्गो देखाउन सक्छौ भनेर सोधे।'  

चलचित्र 'हेट स्टोरी'का सबै सिरिजमा जरिन खानको अभिनय छ। उक्त चलचित्रले नै बलिउडमा जरिनको नामलाई स्थापित गर्न सहयोग गर्यो। तर उक्त चलचित्रमाथि कतिपयले नराम्रो टिप्पणी पनि गरे।

'हेट स्टोरी'मा जरिनले दिएका विभिन्न बोल्ड सिनहरुले उनलाई प्रंशसा र आलोचना दुवैको भागिदार बनायो। 

बलिउडको बक्स अफिसमा हेट स्टोरीले १५० करोड आम्दानी गरेको थियो। एक हिसाबले उक्त चलचित्रलाई सफल चलचित्रपनि मान्न सकिन्छ। तर, कतिपयले भने जरिनको 'हेट स्टोरी'लाई 'फोहोर चलचित्र'को  संज्ञापनि दिएका थिए। 

आलोचना गर्नेहरुको जवाफमा जरिनले भनेकी छन्, 'बोल्ड सिन दिनसक्नुमा मलाई गर्व छ।  हेट स्टोरी मेरो सफल चलचित्र हो।' 
 

प्रकाशित मिति: : 2021-03-31 12:05:00

प्रतिकृया दिनुहोस्