मिसन मधेस : थारुवान

रामरिझन यादव

डा. बाबुराम भट्टराईले ट्वीट गरेका छन् रेशमलाल चौधरीलगायत राजनीतिक बन्दीको रिहाइ तुरुन्त र निःशर्त गर । थारूलगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्य पुनर्संरचना हुनेगरी संविधान संशोधन गर † यो जनता समाजवादी पार्टीको सर्वसम्मत र निरन्तर अडान हो । यो क्षणिक सत्ता स्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती पनि नहोस् ।

डा. भट्टराईले यो ट्वीट गरिरहँदा जसपाको एउटा पक्ष प्रधानमन्त्रीनिवास बालुवाटारमा लेनदेनको राजनीतिमा व्यस्त थियो। र, यो सिलसिला यद्यपि कुनै न कुनै रूपमा जारी छ। अर्थात् अन्य राजनीतिक दलसरह जसपाभित्र पनि दुई लाइनको संघर्ष जारी छ। यता डा. भट्टराई तथा उपेन्द्र यादव पक्षले सरकारसँग वार्ताका लागि सहमति व्यक्त गरे पनि पछिल्लो कालमा दिएको धोकालाई केन्द्रविन्दुमा राखेर सहकार्य गर्ने मनस्थितिमा रहेको देखिन्छ। तीन वर्ष पहिलेको तीन बुँदाको ललिपप अध्यक्ष यादवलाई राम्ररी थाहा छ। यिनै अन्तरद्वन्द्व र रक्साकस्सीभित्र मुलुकको सत्ता राजनीतिले फन्को मारिरहेको छ। किनकि तेस्रो दलबाट चौथो बनेका जसपा अहिले सत्ताको साँचो हुन पुगेको छ। जता गए सत्ता उतै ढल्किने प्रायः निश्चित छ। सत्ता र शक्तिका लागि सधैं हौसिने कांग्रेस यसपाली भने मौन छ।  कम्युनिस्टहरूलाई छियाछिया पार्नु र जसपालाई कमजोर तुल्याउनु उसको अहिलेको प्रमुख रणनीति हो। त्यसैले राजनीतिक जीवनको उत्तराद्र्धमा टेकिसकेका शेरबहादुर देउवाले पार्टीको हकमा केही नौलो अभ्यासमार्फत आफ्नो राजनीतिक हैसियतलाई सुदूर भविष्यसम्म स्थापित गर्न खोजेको देखिन्छ। यस अर्थमा गिरिजाप्रसाद कोइराला एउटा मोडल बन्न सक्छन् तर उनका लागि पार्टी सत्ताको राजनीति सर्वोपरि विषय बनेकाले कोइरालाको अन्तिमकालको राजनीति देउवासँग मेल खाँदैन। 

प्रकाशित मिति: : 2021-03-31 14:06:00

प्रतिकृया दिनुहोस्