एमालेमा ‘हार्डलाइनर’ र ‘सफ्टलाइनर’ को टक्कर

ओली पक्षमै देखियो दुई लाइन, माधव समूहमा पनि उस्तै

रातोपाटी

काठमाडौं

अघिल्लो शुक्रबार बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकमा महासचिव ईश्वर पोखरेलले माधव–झलनाथ पक्षका बरिष्ठ नेताहरुलाई मञ्चमा नराख्न लबिङ गरे।

तर, ओली समूहमै रहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पोखरेलको खण्डन गरे।

पार्टीको प्रमुख भइसकेका र प्रधानमन्त्रीसमेत भइसकेका व्यक्तिलाई सम्मानपूर्वक मञ्चमै राख्नुपर्ने नेम्वाङले अडान लिएका थिए। अन्ततः बरिष्ठ नेता झलनाथ खनाललाई मञ्चमै राखियो। माधव नेपाल भने बैठकमै उपस्थित थिएनन्।

माधव नेपाल र भीम रावललगायतका चार नेतालाई  सोधिएको स्पष्टीकरणमा महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेका थिए।

तीनदिने म्यादसहित सोधिएको स्पष्टीकरण पत्र चैत ८ गते लेखिएको थियो। तर, १० गते रातिसम्म पत्रको जवाफ नआएपछि पोखरेल तत्कालै उनीहरुमाथि कारवाही गर्ने पक्षमा उभिए।

प्रकाशित मिति: : 2021-03-31 17:04:00

प्रतिकृया दिनुहोस्