कारवाही प्रकरणपछि एमालेको खनाल–नेपाल पक्षलाई अगुवा कार्यकर्ताको यस्तो छ सुझाव

नेतृत्वलाई प्रश्न– कारवाही किन र केका लागि ?

रातोपाटी

काठमाडौं

नेकपा एमालेमा देखिएको शक्ति संघर्ष र कारवाही प्रक्रियाबारे विभिन्न कोणबाट व्याख्या एवं विश्लेषण भइरहेको छ।

कतिपयले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावलमाथि गरेको कारवाहीलाई स्वाभाविक भनेका छन् भने कतिपयले यस्तो कारबाहीले एमालेमात्र नभई कम्युनिस्ट आन्दोलनलाई नै धक्का लाग्ने टिप्पणी गरेका छन्।

सुदूरपश्चिम प्रदेशमा भीम रावल एमालेका प्रभावशाली नेता मानिन्छन्। माधव नेपाल पक्षमा रहेका रावललाई नेता नेपालसँगै ६ महिनाका लागि निलम्बन गरिएको छ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै नेतामाथि कारवाही गरेका हुन्।

नेताद्वय नेपाल र रावलमाथिको कारवाहीलाई सुदूरपश्चिम प्रदेशका माधवकुमार नेपाल पक्षका कार्यकर्ताले कडा आलोचना गरेका छन्।

पार्टी अध्यक्ष ओलीले पूर्वाग्रही ढङ्गले विधानविपरीत नेताद्वय नेपाल र रावलमाथि कारवाही गरेको उनीहरुको टिप्पणी छ।

प्रकाशित मिति: : 2021-04-01 10:44:00

प्रतिकृया दिनुहोस्