माछा मार्ने बम विस्फोट हुँदा २ जना गम्भीर घाइते 

Breaknlinks
Breaknlinks

बागलुङको बडीगाड गाउँपालिकामा माछा मार्ने बम विस्फोट हुँदा दुई जना गम्भीर घाइते भएका छन्। 
बडीगाड गाउँपालिका–२ सिमलचौरका २८ वर्षीय अरुणकुमार पुनले माछा मार्ने बम बनाउने क्रममा अचानक विस्फोटन भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। 
‘बम विस्फोट हुँदा अरुणकुमार पुन र मित्र राना गम्भीर धाइते भएका छन्। उनीहरुको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ।’ प्रहरी नायब उपरीक्षक इकबाल हवारीले भने। 
घाइते दुवै जनाको अहिले पाल्लास्थित प्रभास अस्पतालमा उपचार हुँदैछ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-04-02 08:11:00

प्रतिकृया दिनुहोस्