ताइवानमा ३ सय बढी यात्रु बोकेको रेल दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु (भिडियो)

ताइवानमा शुक्रबार रेल दुर्घटना भएको छ।

दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ। त्यस्तै ७२ जनाभन्दा बढी घाइते भएका छन्।

ट्रकलाई ठक्कर दिएपछि गुडिरहेको उक्त रेल सुरुङभित्र लिकबाहिर जादा दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन्।

८ वटा डिब्बा रहेको उक्त रेलका केही डिब्बाहरु अझै सुरुङभित्रै छन्। अझै पनि केही यात्रु भित्रै फसिरहेको र उनीहरुको उद्धार भइरहेको बताइएको छ। सामान्य घाइते भएका ६१ यात्रुलाई भने अस्पताल लगिएको सीएनएनले जनाएको छ।

ताइेपेईबाट ताइतुङ गइरहेको उक्त रेलमा करिब ३ सय ५० यात्रु रहेको बताईएको छ। 

ताइवान भएको यो रेल घटना पहिलो पटक भने होईन्। यसअघि पनि सन् २०१८ मा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। त्यस्तै  सन् १९८१ मा भएको दुर्घटनामा परी ३० जनाले ज्यान गुमाएका थिए। 

 

प्रकाशित मिति: : 2021-04-02 12:26:00

प्रतिकृया दिनुहोस्