चलचित्र 'वीर'बाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री जरीन खानले पछिल्लो समय राम्रो नाम र दाम कमाइरहेकी छन्। भलै उनका केही चलचित्रहरु विवादमा आए।
डेब्यु चलचित्र 'वीर'मा उनी अभिनेता सलमान खानसँग देखिएकी थिइन्।
हालै उनले एक अन्तर्वातामा चलचित्रमा आउनुभन्दा पहिले कल सेन्टरमा काम गरेको बताएकी छन्। उनले भनेकी छन्, 'मेरो परिवारको आर्थिक अवस्था कमजोर थियो। मैले पढाई छाडेर कल सेन्टरमा पनि काम गरे।'
उनले कल सेन्टरमा काम गर्दा पार्ट टाइम मोडलिङपनि गर्थिन। जसले गर्दा उनी २३ वर्षको उमेरमा बलिउडमा प्रवेश गरेकी थिइन्।