स्वीमिङ पुलमा पौडी खल्ने क्रममा डुबेर भण्डारीको मृत्यु

बिएल संवाददाता

सिन्धुपाल्चोक
सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

चौतारा साँगाचोकगढी नगरपालिका-९ सुकुटेस्थित रिभर वई र्‍याप्टिङ एण्ड रिसोर्टको स्वीमिङ पुलमा पौडी खल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु भएकाे छ।

काठमाडौं सिनामंगल बस्ने सिन्धुली फिखल गाउँपालिका-२ घर भएका १९ वर्षीय सुशिल भण्डारीको आइतबार साँझ मृत्यु भएको हाे।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनकाे ईन्टरनेशनल अस्पताल कौशलटार भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

घटनाकाे सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2021-04-05 13:13:00

प्रतिकृया दिनुहोस्