श्रद्धा कपूर पहिलो पटक दोहोरो भुमिकामा देखिदै

बलिउड अभिनेत्री श्रद्धा कपूर पहिलो पटक दोहोरो भुमिकामा देखिदै छिन्। 

चलचित्र 'चलबाज इन् लण्डन'मा उनी दोहोरो भुमिकामा देखिन लागेकी हुन्। पंकज पराशरले निर्देशन गर्न लागेको चलचित्रको अधिकाशं छायांकन लण्डनमा हुने बताईएको छ। 

निर्देशक पराशरका अनुसार यो चलचित्र 'चलबाज'को नयाँ र परिमार्जित संस्करण हो। जुन चलचित्र  सन् १९८९ मा रिलिज भएको थियो। 'चलबाज'मा अभिनेता रजनीकान्त र श्रीदेवीको मुख्य भुमिकामा थिए। 

चलचित्र 'चलबाज ईन् लण्डन'मा श्रद्धा अनुबन्धित भईसकेकी छन्। साथै उनले चलचित्रको कथा पढेर आफु दोहोर भुमिकामा देखिन पाउँदा खुशी र उत्साहित भएकोपनि बताइन्। 

श्रद्धाले सामाजिक सञ्जालमासमेत यसको जानकारी दिएकी छन्। उनले लेखेकी छन्, 'म यस चलचित्रमा काम गर्न धेरै उत्साहित छु। यो फिल्म पंकज पराशरद्वारा मात्र निर्देशित गरिनेछ। फिल्मका निर्माता भूषण कुमार, कृष्ण कुमार, अहमद खान र शैरा खान छन्।'
 

प्रकाशित मिति: : 2021-04-05 14:02:00

प्रतिकृया दिनुहोस्