पछिल्लो समय नेपालमा वायु प्रदूषणकाे निकै समस्या देखिन थालेको छ।
राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहरको सुचीमासमेत परेको छ। अन्य विभिन्न जिल्लाका वायु प्रदुषणपनि उस्तै।
साताअघि बाट वायु प्रदुषणले विभिन्न ठाउँमा तुवाँलोे लागेपछि आजसम्म नियमित उडानमा समस्या आएको छ। घाम नलाग्ने, चिसो हुने, नाक पोल्नेगरी हावा बहने जस्ता समस्या देखिन थालेको हो।
यसरी वायु प्रदुषण अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीले बताएका छन्। उनले भने, 'देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको हो।'