एमालेमा स्थानान्तरित विग्रह

नेकपा हुँदा नै दुई चिरामा बाँडिएको एमाले आज पनि पुरानै अवस्थामा छ

हाल नेकपा एमालेको आवरणमा देखिएको उत्कर्षउन्मुख विग्रह फागुन २३ गतेपछि अनायास सृजित होइन।

नवौ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग झीनो मतले पराजित भएदेखि नै माधव नेपालले उक्त नतिजालाई सहज ढंगले स्विकार्न नसकेको तथ्य छिपेको विषय होइन।

माधव नेपालका दर्जनौं अन्तरवार्ता र भाषणमा यो प्रस्टै झल्किन्छ। नेकपा एमाले र माओवादी एक भएर नेकपा गठन भएपछि यसको पारो घट्नुको सट्टा झनै बढ्यो।

एमालेभित्रकै अन्तरविरोधमा जब नेकपा अध्यक्ष प्रचण्डले सुनियोजित तवरले खेल्न थाले, त्यसको मात्र बढ्दै जाँदा नेकपा नै विघटन हुने अवस्थामा पुग्यो।

नेकपाको विघटन अर्थात् एकता भंग भएर नेकपा एमाले ब्युतिएपछि नेकपा अवधिकै विवाद र विभाजनको दोस्रो संस्करण (भाग–२) यतिबेला एमालेमा पटाक्षेप भइरहेको छ।

प्रकाशित मिति: : 2021-04-06 10:59:00

प्रतिकृया दिनुहोस्