नक्सलीको कब्जामा रहेका सुरक्षाकर्मीलाई छुटाउन प्रधानमन्त्री मोदीसमक्ष आग्रह

Photo - DailyBhaskar
Photo - DailyBhaskar

भारतको छत्तिसगढमा हालै भएको नक्सली आक्रमणमा बेपत्ता भएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष खोजी गरिदिन आग्रह गरेका छन्।

उनीहरूले पाकिस्तानको कब्जामा रहेका विङ कमाण्डर अभिनन्दनलाई छुटाउन मोदीले खेलेको भूमिका जस्तै नक्सलीबाट आफ्नो परिवारका सदस्यलाई छुटाइदिन आग्रह गरेका हुन्।

नक्सलीसँग भएको भिडन्तमा २२ जवान शहिद भएका थिए। ३० जनामध्ये हाल अरु बेपत्ता भएको बताइएको छ।

यसमा जम्मु जिल्लाको बरनई क्षेत्रमा बसोबास गर्ने सीआरपीएफका कमाण्डर राकेश्वर सिंह मन्हास रहेका छन्।

सीआरपीएफको कोबरा बटालियनमा रहेका ३५ वर्षीय राकेश्वर दुई वर्षदेखि छत्तिसगढको नक्सली क्षेत्रमा कार्यरत थिए। उनले धेरै नक्सली अपरेशनमा भाग लिइसकेका छन्।

राकेश्वरका परिवारले नक्सली कब्जाबाट सुरक्षित छुटाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका हुन्। शनिबार नक्सल आक्रमणपछि राकेश्वरका परिवार उनीसँग सम्पर्क बनाउने प्रयासमा छन्। तर, संवाद हुन सकिरहेको छैन।

परिवारका अनुसार आइतबार बिहानदेखि नै उनीहरूलाई दुर्घटनाको आशंका थियो।



भारतमा पुनः नक्सलवादी सक्रिय, १० दिनमा दुई ठूलो हमला

नक्सली आक्रमणमा २२ सुरक्षाकर्मीको निधन, ३० मारिएको आशंका 

नक्सलवादी नेता हिडमा: जसको टाउकोको मूल्य २५ लाख तोकिएको छ

प्रकाशित मिति: : 2021-04-06 14:52:00

प्रतिकृया दिनुहोस्