कोरोना भाइरस नेपाल: जेठ असारमा कोभिड उच्चबिन्दुमा पुग्ने चेतावनी, सरकारको तयारी कस्तो छ

बिबिसी

काठमाडौं
कोभिडको जोखिम बढ्ने भन्दै सरकारले ठूलो भेला र जात्रा नगर्न भनेको छ
कोभिडको जोखिम बढ्ने भन्दै सरकारले ठूलो भेला र जात्रा नगर्न भनेको छ

सरकारले आगामी जेठ वा असार महिनामा कोरोनाभाइरसको सङ्क्रमण उच्चबिन्दुमा पुग्न सक्ने बताएपछि विज्ञहरूले मुख्यगरी जनस्वास्थ्यका मापदण्ड पालना गराउन अन्तर्राष्ट्रिय नाकाहरूमा अझै कडाइ गरिनुपर्ने बताएका छन्।

सरुवा रोगको क्षेत्रमा लामो समय काम गरेका एक पूर्वअधिकारीले सरकारको गृहकार्य फितलो रहेको भन्दै अघिल्लो वर्षको अनुभवबाट पाठ सिकेको जस्तो नदेखिएको प्रतिक्रिया दिएका छन्।

नेपाल र भारतबीचका सीमामा नै कोभिड-१९ सङ्क्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने बाध्यकारी प्रबन्ध गरिनुपर्ने र मास्कको प्रयोगजस्ता सावधानी नअपनाउने व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने उनले बताएका छन्।

प्रतिनिधिसभामा सोमवार बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ नियन्त्रणका लागि आवागमनलाई व्यवस्थित गर्ने, सङ्क्रमणको पहिचान गर्ने र जनस्वास्थ्य मापदण्ड पालना गर्दा महामारी नियन्त्रण गर्न सकिने भन्दै तत्काल लकडाउनको विकल्पबारे नसोचिएको बताएका थिए।

प्रकाशित मिति: : 2021-04-06 16:21:00

प्रतिकृया दिनुहोस्