क्याटरिना कैफ पनि कोराना संक्रमित

अक्षर कुमार, गोविन्दा, विक्की कौसल र भुमी पेडणेकरपछि बलिउड अभिनेत्री क्याटरिना कैफ पनि कोरोना संक्रमित भएकी छिन्। 

बलिउडमा सबैभन्दा बढी पैसा कमाउने अभिनेत्रीको सुचीमा रहेकी क्याटरिनाले सोसल मिडियामार्फत आफूलाई कोरोना भएको जानकारी दिइन्। उनले हाल आफू होम क्वारेन्टाइनमा रहेको पनि बताइन्। 

अक्षयलाई गत शनिबार कोरोना भएको थियो। आइतबार गोविन्दाको रिपोर्ट पनि पोजेटिभ आएपछि बलिउडमा स्टार कलाकारलाई कोरोना संक्रमणको सिलसिला सुरु भएको छ। 

अहिले महाराष्ट्रमा दैनिक ४५ हजारभन्दा माथिको हाराहारीमा कोरोना संक्रमित देखिन थालेका छन्।

राज्यमा ३० लाख बढी कोरोना संक्रमित भइसकेका छन्। यो राज्यमा मात्र ५६ हजार ३३ जनाको निधन भएको छ।

प्रकाशित मिति: : 2021-04-06 22:38:00

प्रतिकृया दिनुहोस्