एकै विद्यालयका ८ जना छात्रामा कोरोना संक्रमण

बागलुङको एक विद्यालयका ८ जना विद्यार्थीमा कोरोना संक्रमण देखिएको छ।

मंगलबार गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिकाको एक विद्यालयका ८ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु सबै छात्रा छन्। एकै विद्यालयका १८, २८, १७, १७, १९, १८, १९ र २३ वर्षीया छात्राहरुलाई संक्रमण देखिएको छ। संक्रमितहरु मध्ये ६ जना होस्टेलको आइसोलेसन र २ जना होम आइसोलेसनमा बसेका छन्।  

विद्यालय १० दिनका लागि बन्द गरिएको बताईएको छ। 

प्रकाशित मिति: : 2021-04-07 06:06:00

प्रतिकृया दिनुहोस्