ओलीको सुदर्शन चक्र !

बिजुली बत्ती बल्न नेगेटिभ र पोजिटिभ दुवै तत्वको भूमिका हुन्छ, एउटालाई निषेध गरेर बत्ती बल्दैन।


मानव शरीरमा जीवतत्व र विषतत्व जस्ता दुई परस्पर विरोधी तत्व हुन्छन्। जीवाणु सबल र सक्षम हुन गयो भने शरीर निरोगी हुन्छ तर विषाणु सबल हुन थाल्यो भने शरीर रोगी र क्षीण हुँदै मानिस मर्न पनि सक्छ। तर यी दुवैथरीका बीच आन्तरिक द्वन्द्व निरन्तर चलिरहन्छ। विषाणुलाई पूरै निषेध गर्न खोजे पनि सकिँदैन र हुँदैन। उपर्युक्त दुवैको आन्तरिक द्वन्द्वले गति निर्माण हुन्छ।

एउटा उद्योगमा मालिक र मजदुर दुई परस्पर विरोधी वर्ग हुन्छन्। मालिकचाहिँ सकेसम्म मजदुरलाई बढीभन्दा बढी काममा लगाएर बढी मुनाफा लिन चाहन्छ तर मजदुर भने आफ्नो श्रम र पसिनाको उचित मोल लिन आवश्यक संघर्ष गर्छ। दुवैको आन्तरिक अन्तद्र्वन्द्व जारी रहिरहन्छ। तर दुवै नभई उद्योग चल्दैन। त्यसैले माक्र्सवादी द्वन्द्ववादले यसलाई गति मान्छ। बिजुली बत्ती बल्न नेगेटिभ र पोजिटिभ दुवै तत्वको भूमिका हुन्छ। एउटालाई निषेध गरेर बत्ती बल्दैन।

प्रकाशित मिति: : 2021-04-07 08:46:00

प्रतिकृया दिनुहोस्