थप २९८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा देशभर २९८ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ हजार १०० जनाको पिसिआर परीक्षण गर्दा २९८ जनामा सङ्क्रमण देखिएको जानाएको छ।

आज थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ७८ हजार ७६८ पुगेको छ । मुलुकमा सक्रिय सङ्क्रमित सङ्ख्या २ हजार २०१ छन्।

मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ७४ जना छन्। योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७३ हजार ५२९ पुगेको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको निधन भएको छ। योसंगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ३ हजार ३८ पुगेको मन्त्रालयले जनाएको छ।



कञ्चनपुरमा भारतबाट फर्किएका कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति: : 2021-04-07 17:35:00

प्रतिकृया दिनुहोस्