दिल्लीमा एक्लै गाडी चलाउँदा पनि मास्क लगाउन अनिवार्य

Photo : Indias Opinion
Photo : Indias Opinion

भारतमा कोरोनाको अवस्था भयावह बन्न थालेपछि राजधानी दिल्लीमा मास्क अनिवार्य गरिएको छ।

दिल्ली उच्च अदालतले प्राइभेट गाडीमा एक्लै हिँड्दा पनि मास्क लगाउन अनिवार्य गरेको हो। 

दिल्ली उच्च अदालतकी न्यायाधीस प्रतिभा सिंहले प्राइभेट भेइकल पनि सार्वजनिक ठाउँमा चल्ने कारण मास्क लगाउन अनिवार्य भएको फैसला सुनाएकी थिइन।

यसअघि चार जनाले आफूलाई चिट काटेपछि अदालतमा मुद्धा दायर गरेका थिए।

प्रकाशित मिति: : 2021-04-08 07:54:00

प्रतिकृया दिनुहोस्