'सीरियस' र 'ड्यासिङ' रुप देखाउँदै कार्तिक

Photo : Msnhindi
Photo : Msnhindi

बलिउड अभिनेता कार्तिक आर्यनले छोटो समयमै चलचित्रमा राम्रो दाम र नाम कमाए। 

अहिले उनलाई लिएर काम गर्न खोज्ने निर्माता र निर्देशकहरुको भिड छ। 

यहिबीच कार्तिकले बलिउड निर्माता तथा निर्देशक करन जोहरसँग नयाँ चलचित्रको लागि हात मिलाएका छन्। 

करन जोहरको नयाँ चलचित्रमा उनी सीरियस र ड्यासिङ रुप देखाउँदै छन्, किक्रेटर बनेर। चलचित्रको कथा कुनै बायोपिक हुनेछैन। तर, क्रिकेटरको कथामै आधारित हुनेछ। 

कार्तिकले क्रिकेट प्रेमीहरुको लागि नयाँ प्रस्तुती दिनेछन्। चलचित्र समूहले कुनै नाम भने दिईसकेको छैन। 

चलचित्रको लागि कार्तिकले क्रिकेट प्रशिक्षणपनि लिन थालेको छन्। 

प्रकाशित मिति: : 2021-04-08 16:27:00

प्रतिकृया दिनुहोस्