न्युजिल्याण्डमा भारतीयलाई प्रवेश निषेध, सिङ्गापुरले पनि ८ हजारलाई भिसा दिन अस्विकार गर्याे

बिएल संवाददाता

क्राइश्चर्च
photo : EcoBusiness
photo : EcoBusiness

भारतमा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि न्युजिल्याण्डले भारतीय नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ। 

न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिडा अर्डर्नले यसको घोषणा गरेकी हुन्।

पछिल्लो समय न्युजिल्याण्ड प्रवेश गरेका २३ मध्ये १७ भारतीयमा कोरोना संक्रमण देखिएपछि न्युजिल्याण्डले यस्तो निर्णय गरेको हो। प्रतिबन्ध ११ अप्रिलबाट सुरु भएर २८ अप्रिलसम्म रहनेछ। 

यस्तै, सिंगापुरले पनि भारतमा बढिरहेको कोरोनालाई मध्यनजर गर्दै ८ हजार भारतीयलाई भिजा दिन अस्विकार गरेको छ। भिजा अस्विकृत भएका सबै गत वर्ष कोरोना बढेको बेला सिङ्गापुरबाट भारत फर्किएका थिए। 

न्युजिल्याण्डमा पनि पछिल्लो दिन २ हजार ५ सय ३१ कोरोना संक्रमित फेला परेका थिए।

भारतमा बुधबार मात्र एकै दिन १ लाख २६ हजार २ सय ६५ जना पोजेटिभ देखिएका थिए। यो दिन ६ सय ८४ जनाको निधन भएको थियो।

भारतमा हालसम्म १ करोड २९ लाख कोरोना संक्रमित फेला परिसकेका छन्।

प्रकाशित मिति: : 2021-04-08 18:47:00

प्रतिकृया दिनुहोस्