'हिरोपन्ती २' बाट बाहिरियो टाइगर श्रफको पहिलो लुक्स

बलिउड अभिनेता टाइगर श्रफको नयाँ चलचित्र 'हिरोपन्ती २' बाट एउटा लुक्स बाहिरिएको छ। 

चलचित्रको छायांकन सेटबाटै उनको नयाँ लुक्स बाहिर आएको हो।

सार्वजनिक भएको तस्वीरमा उनी कालो सूटमा देखिएका छन्। उनी पूर्णरुपमा नायक जस्तै देखिएका छन्। तस्वीर हेर्दा लाग्छ कि उनी चलचित्रमा पनि स्मार्ट भूमिका निभाउँदै छन्। 



जान्हवीपनि फुर्सद मनाउन माल्दिभ्समा 

माल्दिभ्समा श्रद्धा कपूर र रोहन श्रेष्ठको डेट



'हिरोपन्ती'को पहिलो संस्करण टाइगरको डेब्यु चलचित्र थियो। सन् २०१४ मा रिलिज भएको 'हिरोपन्ती'ले बक्स  अफिसमा राम्रै दाम कलेक्शन गरेको थियो। 

६ वर्षपछि त्यसकै दोस्रो संस्करण बन्न लागेको हो। बन्न लागेको चलचित्रमा उनी तारा सुतारियासँग स्क्रिन शेयर गर्दैछन्।

प्रकाशित मिति: : 2021-04-09 07:13:00

प्रतिकृया दिनुहोस्