सबैभन्दा लामो नङ पालेर गिनिज रेकर्ड राखेकी अयान्‍नाले काटिन् नङ 

बिएल संवाददाता

वासिङ्टन डीसी

हातको औँलामा सबैभन्दा लामो नङ राखेर गिनीज विश्‍व रेकर्ड कायम राख्न सफल अमेरिकाकी अयान्‍ना विल‍ियम्‍सले ३० बर्ष पछि नङ्ग काटेकी छन्।

उनको नङको लम्बाई ७ सय ३३ दशमलब ५५ सेन्टिमिटर अर्थात् २४ फुट सुन्य दशमलब सात इन्च थियो।

गिनीज विश्‍व रेकर्डसँग सम्बन्धित डाक्टर एलिसन रिडिङ्गले ब्लेडको सहयोगमा उनको नङ्ग काटेका थिए। 

विल‍ियम्‍स लाई सन् २०१७ मा गिनिजले पहिलो पटक लामो नङको आधारमा मान्यता दिएको थियो, जुनबेला उनको नङ  करिब १८ फुट लामो थियो।

उनले आफ्नो नङ काटेपनि हालसम्म उनको रेकर्डलाई कसैले उछिन्न सकेको छैन।

उनको सबै नङ सफा गर्न र पालिस लगाउन २० घण्टा लाग्ने  गथ्र्यो भने करिब दुइ लिटर पालिस खपत हुँदै आएको थियो। 

प्रकाशित मिति: : 2021-04-09 09:46:00

प्रतिकृया दिनुहोस्