'लाल मोहन जी' मा विपिन 

चलचित्र 'लाल मोहन जी'मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्।

सम्राट बस्नेतले निर्देशन गर्न लागेको चलचित्रमा विपिन मुख्य भूमिकामा देखिन लागेका हुन्।प्रवेश पौडेलको कथा तथा पटकथा रहेको चलचित्र लालमोहन जी सस्पेन्स-कमेडीमा निर्माण हुने बताईएको छ। 

जेष्ठको पहिलो साताबाट फ्लोरमा जाने तयारी गरेको चलचित्रमा विपिनको अलावा अर्पण थापा, कर्मा शाक्य, रोहित रुम्बा, रवीन्द्र झा, सुस्मा कार्की र सुभाष मेचेको अभिनय रहने छ।  

प्रकाशित मिति: : 2021-04-10 05:53:00

प्रतिकृया दिनुहोस्