‘प्रेमगञ्ज’मा अभिनेत्री बेनिशा हमाल अनुबन्धित भएकी छन्।
परिच्छेद सेनले निर्देशन गर्न लागेको चलचित्रको लागि उनले शनिबार सम्झौता गरेकी हुन्। चलचित्रमा उनीसँग तेज गिरीले पनि मुख्य भुमिका निभाउँदैछन्। तेजको यो डेब्यु चलचित्र हो।
त्रिकोणात्मक प्रेम कथामा आधारित रहने उक्त चलचित्रमाा सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुष ढकालपनि छनोट भएका छन्।