हरिद्धारमा पूर्वराजा ज्ञानेन्द्रलाई आर्मीको हेलिकोप्टरबाट पुष्पवृष्टी

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहको शाहीस्नानका लागि उत्तराखण्ड सरकारले भब्य आयोजना गरेको छ।

सोमबार बिहान शाहीस्नानका लागि पूर्वराजाको रथ निस्किसकेको छ। करिब तीन किलोमिटरको यात्रापछि पूर्वराजा शाह शाहीस्नान गर्ने स्थानमा पुग्ने बताइएको छ। 

शाहीस्थानका लागि रथमा निस्किदा पूर्वराजालाई भारतीय सेनाको हेलिकोप्टरबाट पुस्पवृष्टी गरेको थियो। कोरोना संक्रमणका कारण उत्तराखण्डका मुख्यमन्त्री तीर्थ सिंह रावतले स्वागत गर्न नसकेपनि मन्त्रीहरू उपस्थित रहेका छन्।

केदारनाथका पीठाधीसलगायत साधुसन्तले पूर्वराजाको भब्य स्वागत गरेका थिए। 

पूर्वराजाको रथभन्दा अगाडि दुईवटा रथ रहेको छ।


हरिद्धारमा पूर्वराजा ज्ञानेन्द्रको भब्य स्वागत (२० तस्वीरसहित)

प्रकाशित मिति: : 2021-04-12 09:12:00

प्रतिकृया दिनुहोस्