सुधार केन्द्रमा यातना प्रकरणः प्रहरीले थाल्यो अनुसन्धान

Break n Links
Break n Links

सुधार केन्द्रमा शारीरिक यातना दिएको विषयमा रौतहट प्रहरीले सञ्चालकसँग सोधपुछ गरेको छ।

गौर नगरपालिका-४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले सञ्चालकसँग सोधपुछ गरेको हो।

जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले वीरगञ्ज महानगरपालिका-८ घर भएका सुधार केन्द्रका सञ्चालक सुरज गुप्तालाई बोलाएर सोधपुछसँगै अनुसन्धान सुरु गरेको बताए।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट भाइरल भिडियो पुरानो भएको खुलेको उनको भनाइ छ। यो भिडियो करिब ८ महिना पुरानो भएको खुलेको हो। उनले भने, ‘यातना सहिरहेका युवक २०८१ मंसिर १५ गते सुधार केन्द्रबाट निस्केको पाइएको छ।’

प्रहरीले सुधार केन्द्रमा रहेका ८ जनालाई सोधपुछ गर्दा हाल यहाँ यस्ता किसिमका घटना नभएको बताएको डीएसपी रायले बताए।

कुटपिट गर्ने सुधार केन्द्रका तत्कालीन कर्मचारी शिवु पाण्डे रहेको र अहिले कुट्ने र कुटिने दुवै जना त्यहाँ नभएको उनले बताए।

कुटाइ खाने व्यक्ति गौरका रितेशकुमार यादव भएको र के कारणले कुटपिट गरेको भन्ने अहिलेसम्म नखुलेको रौतहट प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2025-05-05 16:42:00

प्रतिकृया दिनुहोस्