मोबाइल गिफ्ट पाएपछि राखीले दिइन् चुम्बन

पछिल्लो समय बलिउड मोडल तथा अभिनेत्री राखी सावन्तको एउटा भिडियो भाइरल भईरहेको छ। 

भिडियोमा उनले एउटा गिफ्ट खोलेकी छन्। गिफ्टमा उनलाई एक बच्चीले महंगो मुल्यको मोबाइल दिएकी छन्। करिब डेढ लाख भारु पर्ने उक्त महंगो मोबाइल पाएपछि राखी पनि निकै उत्साहित देखिएकी छन्।

उत्साहित हुँदै उनले ती गिफ्ट दिने बच्चीलाई लामो चुम्बनसमेत दिएकी छन्।

राखीको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ। राखी आफैले शेयर गरेका भिडियोमा प्रयोगकर्ताहरुले सकारात्मक र नकारात्मक टिप्पणी गरेका छन्। 

प्रकाशित मिति: : 2021-04-13 10:13:00

प्रतिकृया दिनुहोस्