'ममि'को अध्यक्षबाट राजिनामा दिदै दीपिका 

बलिउड अभिनेत्री दीपिका पादुकोणले दुई वर्ष भित्र 'मुम्बई एकेडेमी अफ मुभिंग इमेज' (ममि) को अध्यक्ष पद छाड्ने भएकी छन्।

दीपिकाले आफ्नो इन्स्टाग्राम मार्फत आफूले दुई वर्ष भित्र अध्यक्ष पद छाड्ने जानकारी दिएकी हुन्। उनी सन् २०१९ मा  'मुम्बई एकेडेमी अफ मुभिंग इमेज'को अध्यक्ष बनेकी थिइन्।

उनले भनेकी छन्,  'बोर्डमा रहेर अध्यक्षको पदभार सम्हाल्दा मैले धेरै अनुभव सिके। सहयोग गर्ने सबैलाई हृदयदेखि आभार प्रकट गर्न चाहन्छु। आशा छ, यसपछि नेतृत्वमा म भन्दा राम्रो मान्छे आउनेछ।' 
 

प्रकाशित मिति: : 2021-04-13 18:06:00

प्रतिकृया दिनुहोस्