आज थप ५१७ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २०३ को स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। 

जसमा चार हजार ३८६ जनाको पिसीआर र ८१७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।  यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा १६१, त्यसपछि ललितपुरमा २६ र भक्तपुरमा १२ थपिएका छन्।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८० हजार ९८४ पुगेको छ। त्यस्तै पछिल्लो समय थप १५३ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई  लाख ७४ हजार ३१८ रहेको छ। निको हुने दर भने ९७ दशमलब ६ प्रतिशत छ।

अहिले देशभर तीन हजार ६०८ सक्रिय सङ्क्रमित छन्। उनीहरुमध्ये ८५ जना क्वारेन्टिनमा छन्। अन्य आइसोलेशनमा छन्। हालसम्म नेपालमा २३  लाख २१  हजार ६७० २८४  को पिसीआर परीक्षण भएको छ।  

त्यस्तै पछिल्लो समय कोरोनाका कारण पाँचको मृत्यु भएको छ। हालसम्मा तीन हजार ५८ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-04-13 19:35:00

प्रतिकृया दिनुहोस्