प्रधानमन्त्री केपी शर्मा ओलीले खुला अन्तर्राष्ट्रिय सीमामा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताएका छन्।
मंगलबार राजधानीको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सम्पन्न छैठौं राष्ट्रिय सुरक्षासम्बन्धी विशिष्ट तालिमको समापन समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
खुल्ला सीमाबाट प्रवेश गर्ने हर कोहीले प्रमाणित परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिनुपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो। ‘विमानस्थलमा परिचयपत्र देखाउनुपर्ने, गाडीबाट आउँदा जाँदा नपर्ने ? किन परिचयपत्र बोकेर हिँडन सक्दैन मान्छे ?’, उनको प्रश्न थियो।
हाम्रो सुरक्षालाई ध्यान दिने हो भने देशभित्र कुन देशको मान्छे के भनेर कहिलेदेखि कति समयका लागि आएको छ भन्ने थाहा हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले भने- ‘म्यानमारका रोहिंग्या शरणार्थी कसरी आउँछन् यहाँ? हाम्रो सीमा भारतसँग पो खुल्ला हो, म्यानमारसँग हो र?’
राष्ट्रिय सुरक्षा देशलाई नयाँ खालका सुरक्षा चुनौतिबाट जोगाउन देशभित्र सामाजिक सद्भाव कायम राख्दै बाह्य द्वन्द्वका बाछिटाहरु नभित्रिउन् भन्नेमा सतर्क हुनुपर्ने विचार पनि प्रधानमन्त्रीको थियो।
हाम्रा निम्ति आन्तरिक सुरक्षामा सबै भन्दा ठूलो खतरा साम्प्रदायिकता भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘एक पटक समाजमा आगो लागेपछि कसैले फुकि रहनु पर्दै आफैँ डडेलो लगाउँदै जान्छ। त्यसकारण जहाँ दन्द फैलियो नभएको मत मतान्तर र द्वन्द्व बढनसक्छ’
देशमा क्रान्ति र पविर्तनको नाममा उत्पात मच्चाएको उल्लेख गर्दे प्रधानमन्त्रीले भने, १७ हजार मानिस त मारिए भने कति सग्ला अपांग कति विधवा र बेसाहारा टुहुरा भए होलान् ? मान्छेहरु गाउँमा बस्न नसकेर शहर आए र काठमाडौं आएपछि पनि लखटने काम भएपछि विदेश जाने लहर सुरु भयो । अहिले हाम्रो युवाहरुको १५ प्रतिशत देश बाहिर छ ।’
द्वन्द्द सकिएपनि अर्को दश त्यसको असरको अवधि रहेको र ५० वर्षे सम्म त्यसका अवषेश रहिरहने धारणा राख्दै उनले भने, ‘तर त्यसको सबै भन्दा खतरनाक पक्ष भनेको मुलुकमा आन्तरिक फाटो सृजना गर्नु रहेको थियो।'
अब नेपालबाट हिंसाको राजनीति अन्त्य गरिएको र हिंसामा प्रवेश गरेको देशबाट अन्तिम किस्तामा हिंसात्मक गतिविधि समाप्त पारिएको पनि उनले बताए।