वैशाख ५ गते देखि उपत्यकामा मेलम्चीको पुरा पानी आउने

वैशाख ५ गते देखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा पुरा आउने भएको छ। 

सुरुमा चैत्र १५ गतेदेखि परीक्षणको रुपमा दैनिक चार करोड लिटर पानी पठाइएकोमा अब वैशाख ५ गतेदेखि दैनिक पुरै १७ करोड लिटर पठाउने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिएका छन्।

मेलम्ची खानेपानीको बाँकी काममध्ये हेड बक्स बनाउने काम भइरहेको र अबको एक महिनाभित्र काम सम्पन्न हुने उनले बताए। 

मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा चैत्र १५ देखि वितरण सुरु गरिएको थियो। 

प्रकाशित मिति: : 2021-04-14 06:33:00

प्रतिकृया दिनुहोस्