दरबारले मन नपराएका सूर्यबहादुर थापा

नेपाली राजनीतिक इतिहासमा प्रजातान्त्रिक उदारवादी छवि छाड्न सफल राजनेता हुन् सूर्यबहादुर थापा।

नेपालको भूराजनीति र दुई भीमकाय छिमेकी राष्ट्रहरूलाई राम्रोसँग पढेका सूर्यबहादुर ती राष्ट्रहरूलाई राजनीतिक एवम् कूटनीतिक रूपमा ब्यालेन्समा राख्न सक्ने खुबी भएका नेताका रूपमा राष्ट्र एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो छवि बनाएका थिए।

आफ्नो राजनीतिक जीवनकालको पूवार्धदेखि उत्तरार्धसम्म कुनै न कुनै रूपमा चर्चामा रहिरहन रुचाउने सूर्यबहादुर कुनै समस्या उत्थान गर्दै गर्दा सजिलै बैठान गर्न सक्ने छवि कायम गरेका व्यक्तित्वका रूपमा राजनीतिक वृतमा परिचित थिए।

१०४ बर्से जहानिया निरंकुश राणाशासनका पछिल्लो शासकबारेमा होस् वा २००७ सालदेखि २०१५ सालसम्म प्रजातन्त्रमाथि गरेको षड्यन्त्रका बारेमा होस् वा नेपालमा प्रजातन्त्रको विकल्प छैन भन्ने सूर्यबहादुर वामपन्थीहरूबाट नेपालको हित हुँदैन भन्नेमा प्रस्ट थिए।

प्रकाशित मिति: : 2021-04-15 07:53:00

प्रतिकृया दिनुहोस्