ओलीका एक मात्र सहारा – महन्थ ठाकुर

रातोपाटी

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बालुवाटारमा बोलाएर भलाकुसारी गरे।

विहीबार दिनभरि ‘प्रेसर’ मा परेका ओलीले ठाकुरसँग भेटेर छलफल गर्नु उनको बाध्यता पनि हो।

प्रधानमन्त्रीले जसपा अध्यक्ष ठाकुरलाई यस्तो बेलामा बोलाएका थिए, जतिखेर गण्डकी प्रदेशमा एमाले सरकारविरुद्ध काँग्रेस, माओवादी र जसपाको गठबन्धन कस्सिएको थियो।

यता काठमाडौँमै पनि आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको भित्री सूचना प्रधानमन्त्रीले नपाउने कुरै थिएन।

प्रधानमन्त्री ओलीसँग अब आफ्नो सरकार जोगाउने एउटा मात्रै त्यान्द्रो बचेको छ, जसपालाई फकाउने । अझ भन्ने हो भने जसपाको महन्थ ठाकुर पक्ष (पूर्वराजपा​) लाई फकाउने।

प्रकाशित मिति: : 2021-04-16 11:52:00

प्रतिकृया दिनुहोस्