आज थप ८४३ जनामा कोरोना संक्रमण 

कोभिड–१९ को सङ्क्रमण आज ८४३ जनामा देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा छ हजार चार जनामा परीक्षण गराउँदा ८४३ जनामा सङ्क्रमण देखिएको हो। शुक्रबार भने ९०० जनामा सङ्क्रमण देखिएको थियो।

आज देखिएको सङ्क्रमतिसँगै नेपालमा अहिलेसम्म कूल दुई लाख ८३ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ।

आज देखिएका सङ्क्रमणमा नौ वर्षसम्मका बालबालिका १७ जना र १० देखि १९ वर्ष उमेर समूहका बालबालिका ७२ रहेका छन्। यस्तै २० देखि २९ वर्ष उमेर समूहका युवा १७५ र ३० देखि ३९ वर्ष उमेर समूहका १८५ रहेका छन्। 

२२६ जना निको 

यस्तै आज २२६ जना सङ्क्रमण निको भई घर फर्किएका छन्। अहिलेसम्म दुई लाख ७५ हजार ३८ जना निको भएर घर फर्किएका छन्। नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ।

यसैगरी सङ्क्रमणबाट दुई जनाको निधन भएको छ। अहिलेसम्म निधन हुनेको सङ्ख्या तीन हजार ७५ जना पुगेको बुलेटिनमा जनाइएको छ।  यसैगरी सङ्क्रमितमध्येले १०० सघन उपचार कक्ष र ३८ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। काठमाडौँ उपत्यकामा ३५ जना सघन उपचार कक्ष र २० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

प्रकाशित मिति: : 2021-04-17 18:25:00

प्रतिकृया दिनुहोस्