आईएलओ परियोजनामा भएको भ्रष्टाचारको बचाउमा उत्रियो नेपाल आदिवासी जनजाती महासंघ (विज्ञप्तिसहित)

युएईमा संचालित आईएलओ परियोजनामा भएको आर्थिक अनियमिततामा संलग्नलाई बचाउन नेपाल आदिवासी जनजाती महासंघ सक्रिय भएको छ।

कोरोना प्रभावित नेपालीहरुको उद्दारका लागि आईएलओबाट प्राप्त अनुदानमा किर्ते बिल बनाई करिब नेपाली २० लाख रुपैयाँ अनियमितता गर्ने आदिवासी जनजाति महासंघ युएईका पुर्व अध्यक्ष समेत रहेका एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पाको बचाउमा नेपाल आदिवासी जनजाति महासंघ युएईले विज्ञप्ति जारी गरेको छ।

विपतका परेका नेपालीहरुको उद्दारमा प्राप्त रकम किर्ते बिल, भर्पाई बनाई अनियमितता गरेको सार्वजनिक भएपछि गठन गरिएको छानविन समितिले एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईराला र उपाध्यक्ष पासाङ शेर्पाले २० लाख अनियमितता गरेको पुष्टि गरेको थियो।

छानविनबाट अनियमितता पुष्टि भएपछि बसेको  एनआरएनए आईसीसीको बैठकले दुवैलाई पदबाट निलम्बन गरिसकेको छ। त्यस्तै नेपाल एसोसिएसनले समेत दुवैलाई बोर्ड अफ डाईरेक्टरबाट निलम्बन गरेको छ।

अन्य संघसंस्थाहरुले कारावाही गरिरहँदा जनजाती महासंघ युएईले भने विज्ञप्ति नै निकालेर उनीहरुको बचाउ गरेको छ। रोचक त के छ भने अनियमिततामा पासाङ शेर्पाको संलग्नता नै छैन भनेर विज्ञप्ति निकाल्ने जनजाति महासंघ युएईका अध्यक्ष महेश मोक्तान आफै छानविन समितिका सदस्य हुन्।

आफ्नै अध्यक्ष सम्मिलित छानविन समितिले पुष्टि गरेको अनियमिततालाई नै काउन्टर दिनेगरी आदिवासी जनजाती महासंघका महासचिव कुमार बलामीले विज्ञप्ति जारी गरेका हुन्।

प्रकाशित मिति: : 2021-04-17 21:52:00

प्रतिकृया दिनुहोस्