आईएलओ परियोजनामा भएको घोटालामा छानविन समितिकै सदस्य मुछिए 

युएईमा संचालित आईएलओ परियोजनामा भएको आर्थिक घोटालामा एनआरएनएद्वारा गठित छानविन समितिकै सदस्यको संलग्नता रहेको तथ्य बाहिरिएको छ।

तत्कालिन प्रवासी नेपाली एकता मञ्च युएईका राष्ट्रिय कमिटी अध्यक्ष समेत रहेका छानविन समितिका सदस्य बाबुराम विश्वकर्माकै सहमतिमा एनआरएनए अध्यक्ष प्रकाश कोईरालाले आर्थिक गतिविधि संचालन गरेको प्रवासी नेपाली एकता मञ्च युएईले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ।

नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली  मञ्च युएईका अध्यक्ष महेश गिरिले जारी गरेको विज्ञप्तिमा कोरोना प्रभावित नेपालीहरुको उद्दारका निम्ति आईएलओबाट प्राप्त अनुदानमा तत्कालिन सङ्गठन प्रवासी नेपाली एकता मंच युएईका राष्ट्रिय कमिटी अध्यक्ष बाबुराम विश्वकर्मा, सचिव श्यामराज पाठक र सदस्य प्रविण पोखरेल लगायत अन्य केही व्यक्तिहरुको सहमतिमा योजना अगाडि बढाईएको उल्लेख गरिएको छ।



आईएलओ परियोजनामा भएको भ्रष्टाचारको बचाउमा उत्रियो नेपाल आदिवासी जनजाती महासंघ (विज्ञप्तिसहित)



विज्ञप्तिमा नेकपाको एकता भंग भएपछि विश्वकर्मा अलग्गै संगठनमा आवद्ध रहेकाले उनी बाहेक हाल सङ्गठनमा आवद्ध प्रकाश कोइराला, श्यामराज पाठक र प्रविण पोखरेललाई दुई वर्षका लागि सङ्गठनको साधारण सदस्य समेत नरहने गरी निलम्वन गरिएको समेत बताईएको छ।

साथै हरेक अवैधानिक गतिविधिमा प्रवासी नेपाली  मञ्चले सधैँ शून्य सहनशीलताको नीति अवलम्बन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

यता हाल माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशिल  मञ्च युएईका अध्यक्ष रहेका बाबुराम विश्वकर्माले भने प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष महेश गिरिले राजनीतिक पुर्वाग्रह राखेर जबर्जस्ति भ्रष्टाचारमा मुछ्न खोजेको बताएका छन्।

शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै विश्वकर्माले आईएलओ परियोजना संचालनका क्रममा प्रकाश कोईरालाले आफूसँग कुनै सल्लाह र सहमति नलिएको दाबी गरेका छन् 

प्रकाशित मिति: : 2021-04-18 09:15:00

प्रतिकृया दिनुहोस्