दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
दैलेख–सुर्खेत सडकखण्ड अन्तर्गत आइतबार दैलेखको गुराँस गाउँपालिका -४ स्थित गाईबान्नामा बस दुर्घटनामा परेको हो।
सुर्खेतबाट दैलेख सदरमुकामतर्फ आइरहेको ना ७ ख ६९६३ नम्बरको बस दुर्घटनामा परेको हो।
बस अनियन्त्रित भइ सडकमै पल्टिएको दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए।
दुर्घटनामा परेको बसमा २९ जना यात्रु सवार थिए। दुर्घटनामा घाइते ११ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
डिएसपी श्रेष्ठका अनुसार घाइतेको थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेततर्फ पठाइएको छ। साथै बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।