'फुच्चे ह्याकर' - २ : एउटा इमेलको रेस्पोन्स नगर्दा इन्टरनेट सेवाप्रदायककै 'सिस्टम ह्याक' !

लोकान्तर

काठमाडौं

रुपन्देहीका १७ वर्षीय विशाल (नाम परिवर्तन) माध्यमिक शिक्षा सकिएपछि अहिले प्लस टू अध्ययनरत छन्।

कम्प्युटर र इन्टरनेटमा चासो राख्ने विशालले सामाजिक सञ्जाल, युट्युब र इन्टरनेटको माध्यमबाटै इन्टरनेट टेक्नोलोजी (आईटी)सम्बन्धी ज्ञान लिएका हुन्।

पढाइमा उत्कृष्ट विशाल इन्टरनेटमा पनि उत्तिकै पोख्त छन्। आईटीमा औपचारिक शिक्षा नलिएका उनले इन्टरनेटकै माध्यमबाट त्यसको विषयमा ज्ञान हासिल गरेको पाइएको प्रहरीले जनाएको छ।

‘उनले अहिलेसम्म औपचारिक रूपमा कुनै शिक्षा लिएको देखिँदैन,’ साइबर ब्यूरोका उपनिर्देशक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले भने, ‘सबै कुरा इन्टरनेटको माध्यमबाट सिकेको देखिन्छ।’

प्रकाशित मिति: : 2021-04-19 12:54:00

प्रतिकृया दिनुहोस्