मदनकृष्ण श्रेष्ठसहित परिवारका ५ सदस्यलाई कोरोना संक्रमण

File Photo
File Photo

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।

श्रेष्ठसहित उनको परिवारका पाँच जनालाई कोरोना संक्रमण देखिएको हो।

कलाकार श्रेष्ठले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ।’ 

श्रेष्ठले कोरोना भाइरसलाई खेलाँची नगर्न पनि आग्रह गरेका छन्। उनले भनेका छन्, ‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला। जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।’

प्रकाशित मिति: : 2021-04-20 05:52:00

प्रतिकृया दिनुहोस्