एमाले मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ 

Photo - news24nepal.tv
Photo - news24nepal.tv

नेकपा (एमाले)को पार्टी मुख्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन्।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई गालीगलौज गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

एमाले मुख्यालय धुम्बाराहीबाट बिहीबार बिहान थापाथली सरेको थियो। खड्का पनि पार्टी मुख्यालयमा पुगेकी थिइन्।

कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’भन्दै गालीगलौज गरेपछि मुख्यालय परिसरबाट उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-04-22 12:58:00

प्रतिकृया दिनुहोस्