व्यवसायीक ब्याकग्राउन्डले सैफसँग लाेभिएकी थिइन् करिना

प्रेम जो सँग बसे पनि विवाह गर्दा भने महिला र पुरुषले नै सम्पन्न परिवार र घराना खोज्छन्।

भलै आफ्नो पुराना सम्बन्धहरुमा पूर्णविराम किन लगाउँन नपरोस्। यो कथन बलिउडमा पनि निकै प्रयोग भएको पाइन्छ।

करिना कपुर बलिउडमा लोकप्रिय र सफल अभिनेत्री हुन्। बलिउडमा उनीसँग जोडिएका गसिपहरु थुप्रै आए। तर उनले अक्टोबर सन् २०१२ मा अभिनेता तथा सम्पन्न व्यवसायी घरनाका सैफ अली खानसँग विवाह गरिन्।

उनीहरुको विवाह धुमधामका साथ भएको थियो। कुनै राजाको भए जस्तै। सबैले चासोको साथ औल्याए पनि।

उनीहरुको विवाह भएको करिब ८ वर्ष भन्दा वढी भइसकेको छ। यसबीचमा उनीहरुको सन् २०१६ मा जेठो छोरा जन्मियो। र गत २१ फेब्रुअरी २०२१ मा कान्छो छोरो पनि। उनीहरुको जोडीलाई दर्शकहरुले पनि रुचाएको पाइन्छ।

सैफ एक अभिनेता त हुन् नै, त्यसको अलावा उनी विभिन्न व्यवसायहरुसँग पनि जोडिएका छन्। उनीसँग घर, बंगला, गाडी, होटल, जहाज केहीको कमी छैन। सैफले पनि बेला बेलामा तस्वीरहरु शेयर गरिरहेका हुन्छन्। 

प्रकाशित मिति: : 2021-04-23 16:27:00

प्रतिकृया दिनुहोस्