२४ घण्टामा २५५९ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९६६४ नमूना परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ र एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो।

हाल ७५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका ले जानकारी दिएको छ।

हालसम्म दुई लाख ७६ हजार ७५५ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर ४१० सङ्क्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर १४ हजार ७४२ सक्रिय सङ्क्रमित रहेका छन्।

कोरोनाबाट पाँच जनाको मृत्यु 

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो समय पाँच जनाको मृत्यु भएको छ।

हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार १२२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-04-23 16:52:00

प्रतिकृया दिनुहोस्